२७ माघ, काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘अगस्त्य’ को गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक भएको छ ।
शुक्रबार अगस्त्य फिल्मको उक्त गीत सार्वजनिक भएको हो । गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ। एकतारेको शब्दमा योगीले संगीत भरेका छन् । सौरभ चौधरीले लेखेको फिल्म उनी स्वयंले निर्देशन गरेका छन् ।
फिल्ममा नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, रवीन्द्र झालगायत कलाकारहरूको अभिनय गरेका छन्।फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउने छ।