|  

अभिनेत्री सुष्मा कार्कीले फिल्म ‘उपहार’ को डबिङ गर्दै

२८ माघ, काठमाडौं । अष्ट्रेलिया पुगेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’ को डबिङ गरेकी छिन ।

यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन । सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’ को डबिङ गरेकी हुन । डबिङको दृश्यमा फिल्ममा निर्वाह गरेको भूमिका अनुसार सुष्मा निकै रिसाएको देखिएकी छिन । उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन । रेखा फिल्मस र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

फिल्मको प्रचारप्रसारका लागि सार्वजनिक गरिएका तीन गीत ‘वाह १ वाह ११ वाह १११’, ‘मुटुको चार आना’ र ‘हारेको छैन’ ले राम्रै चर्चा पाइरहेको छ ।