|  

भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२८ माघ, काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको धुलिखेल नगरपालिका-७ का ५४ वर्षीय मुकुन्द प्रसाद तिमल्सिना रहेका छन् । शनिबार बेलुकी सवा ६ बजे सुर्यविनायक नगरपालिका-१० पलासेमा बा २ ख ९४५४ नम्बरको बस र बा ७८ प ३१५५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनापछि तिमल्सिना गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा साढे ८ बजे मृत्यु भएको बताइएको छ । दुर्घटनापछि बसका चालक दोलखाको भीमेश्वर नगरपालिका-७ घर भई हाल काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्र सिंह बस्नेतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ ।