|  

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२८ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारीलगायत रहेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।