|  

सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ

२८ माघ, काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।

सिरहा नगरपालिका-७ स्थितबाट पेस्तोल एक थानसहित औरही गाउँपालिका-४, कमलपुर घर भएका २० वर्षीय सरोजकुमार यादव पक्राउ परेका हुन् ।

उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा डेरा गरी बस्ने औरही गाउँपालिका-३ का २२ वर्षीय संजितकुमार यादव समेतसँग विवाद भएको थियो ।