|  

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब ८ करोड भन्दा माथिको कारोबार

२८ माघ, काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ । 

 यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । 

 यसदिन ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।