|  

भारतीय प्रधानमन्त्री मोदीले आज १ लाखलाई नियुक्ति पात्र वितरण गर्दै

२९ माघ, काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्र सरकारका विभागहरूमा नियुक्त एक लाखभन्दा बढी उम्मेद्वारहरूलाई रोजगार मेलामा नियुक्ति पत्र वितरण गर्ने छन् ।

सो अवसरमा प्रधानमन्त्रीले एकीकृत कम्प्लेक्स कर्मयोगी भवनको पहिलो चरणको शिलान्यास पनि गर्नेछन । यस क्याम्पसले मिशन कर्मयोगीका विभिन्न स्तम्भहरू बीचको सहकार्य र तालमेललाई बढावा दिनेछ । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि प्रधानमन्त्री मोदीले फेब्रुअरी १२ मा बिहान १०ः३० बजे भिडियो कन्फरेन्समार्फत एक लाखभन्दा बढी नवनियुक्त उम्मेदवारहरूलाई नियुक्ति पत्र वितरण गर्नेछन्। यो रोजगार मेला देशका ४७ स्थानमा आयोजना हुनेछ ।

राजस्व विभाग, गृह मन्त्रालय, उच्च शिक्षा विभाग, परमाणु ऊर्जा विभाग, रक्षा मन्त्रालय, आर्थिक सेवा विभाग, स्वास्थ्य मन्त्रालय, परिवार कल्याण, जनजाति मामिला मन्त्रालय र रेल मन्त्रालय जस्ता विभिन्न मन्त्रालय र विभागहरूमा नयाँ भर्ना गरिएको छ। राज्य र केन्द्र शासित प्रदेश सरकारहरूले यस पहललाई समर्थन गरिरहेका छन ।

रोजगार मेला मुलुकमा रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्ने दिशामा रोजगार मेला भएको विज्ञप्तिमा उल्लेख छ । मेलाले रोजगारी सृजनालाई बढावा दिने र युवाहरूलाई सशक्तिकरण र राष्ट्रिय विकासमा सहभागिताका लागि लाभदायक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ, विज्ञप्तिमा भनिएको छ ।