|  

सुनसरीबाट १ करोड ८२ लाख नक्कली नोटसहित एक भारतीय पक्राउ

२९ माघ, काठमाडौं । प्रहरीले सुनसरीबाट एक करोड नक्कली नोट बरामद गरेको छ ।

भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट प्रहरीले नक्कली नोट बरामद गरेको हो । बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको हो ।

गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । चेकजाँचका क्रममा शंका लागेर हेर्दा नक्कली नोट भेटिएको हो । बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।