|  

फागुन १ गते सार्वजनिक बिदा छैनः गृह मन्त्रालय

२९ माघ, काठमाडौं । सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ ।

आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको उल्लेख गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ ।’

यसअघि सरकारी क्यालेन्डरमा फागुन १ गते जनयुद्ध दिवसको बिदा उल्लेख थियो । तर सर्वोच्च अदालतले जनयुद्ध दिवस भनेर बिदा नदिन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।