२९ माघ, काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा भ्रमणकारी टोली क्यानडाले नेपाललाई जितका लागि दुई सय ३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३२ रन बनाएको हो ।