|  

त्रिविको उपकूलपति नियुक्तिको विवादबारे प्रधानमन्त्रीको जवाफ माग

२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिविको उपकूलपति नियुक्तिको विवादबारे प्रधानमन्त्रीको जवाफ माग गरेकी छन् ।

आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य दतथा सूचना समितिको बैठकमा रास्वपाकी सहमहामन्त्री समेत रहेकी श्रेष्ठले नयाँ उपकूलपतिको सर्टलिस्ट सार्वजनिक प्रति आपत्ति जनाएकी हुन् । उनले वौद्धिक चोरीको आरोप लागेका त्रिविका पूर्व उपकूलपति तिर्थराज खनिँयाको समेत नाम समावेश गरिएकोप्रति विरोध जनाईन ।

त्रिविमा कुनैपनि राजनीतिक भागबन्डा नगर्न रास्वपाले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । तर, केही दिनअघि प्राप्त आवेदनमध्ये १४ जनाको नाम सर्टलिस्टमा राखेपछि विभिन्न क्षेत्रका विज्ञहरुले विरोध जनाईरहेका छन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामाका उपकूलपति बनेका नेपाली कांग्रेसका नेता समेत रहेका खनिँया फेरिपनि राजनीतिक शक्तिको प्रयोग गरेर उपकूलपतिको पद हत्याउने प्रयासमा लागेका छन ।

यता शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले भने त्रिविको भिसि नियुक्रिमा कुनैपनि राजनीतिक चलखेल नभएको र विवाद नै नरहेको दाबी गरेका छन ।