|  

क्यानडाविरुद्ध नेपालले पेनाल्टीमार्फत पायो ५ रन

२९ माघ, काठमाडौं ।  क्यानडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पेनाल्टीबाट पाँच रन प्राप्त गरेको छ ।

क्यानडाका कप्तान शाद बीन जाफर ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपालले पेनाल्टीमार्फत पाँच रन प्राप्त गरेको हो । नियमअनुसार ब्याटरले दोस्रोपटक पिचमा टेकेपछि विपक्षी टिमलाई ५ रन पेनाल्टीमार्फत रन दिने गरिन्छ ।

आजको खेलमा जाफरले पहिलोपटक पिचमा टेकेपछि उनलाई अम्पायरले चेतावनी दिएका थिए । तर, त्यसपछि पनि उनले सोही गल्ती दोहोर्याएपछि नेपालले पाँच रन पेनाल्टीमार्फत पाएको हो ।