|  

७ महिनापछि काममा फर्किन् सामन्था

२९ माघ, काठमाडौं ।  दक्षिण भारतीय अभिनेत्री सामन्थाले पडकास्टमार्फत कमब्याक गर्ने भएकी छन् । उनी सात महिनापछि पडकास्टमार्फत कमब्याक गर्न लागेकी हुन् ।

पछिल्लो समय उनले बलिउड अभिनेता मनोज बाजपेयीको वेब सिरिज ‘द फ्यामिली म्यान’काम गरेकी थिइन् । उनको अभिनयलाई दर्शकले मन पराएका थिए । उनले ‘सिटाडेल’ फिल्मको सुटिङ सकेपछि अभिनयमा ब्रेक गरेकी थिइन् । आफ्नो स्वास्थ्यवास्थाको कारण उनले फिल्ममा सात महिना ब्रेक लिएकी थिइन् ।

उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो । यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ । आइतबार उनले इन्स्टाग्राममा भिडिओ स्टोरी राख्दै आफू फर्किन लागेको बताएकी छन् ।