|  

देशभर २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि

२९ माघ, काठमाडौं ।  नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ  ।

कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ।अघिल्लो सर्वेक्षण २०६६ / ६७ मा २५.२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि थियो । सर्वेक्षण अनुसार गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको छ ।

सबैभन्दा धेरै गरिबी सुदूरपश्चिम र कम गरिबी गण्डकी प्रदेशमा रहेको सर्वेक्षणमा उल्लेख छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९ / ८० नतिजा सार्वजनिक गरे  । यो प्रतिवेदन १२ वर्षपछि सार्वजनिक भएको हो ।

१ असार २०७९ देखि २०८० जेठसम्म गरिएको अध्ययनका लागि ९ हजार ६ सय घपरिवारबाट नमुना भरेर यो प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ । नेपालमा २०३४ सालबाट गरिबी सर्वेक्षणको काम सुरु भएको थियो  ।