|  

क्यानडाविरुद्ध अनिल शाहको शतक

२९ माघ, काठमाडौं । अनिल शाहले क्यानडाविरुद्ध शतक बनाएका छन् ।

तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान २५ वर्षीय साहले शतक बनाएका हुन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि अनिलले सुझबुझपूर्ण ब्याटिंग गर्दै ११६ बलमा शतक पुरा गरेका हुन् ।

अनिलको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । साथै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने सातौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले एकदिवसीय शतक बनाएका छन् ।