|  

क्यानडाविरुद्ध भीम सार्कीको पनि शतक

२९ माघ, काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि भीमले  १२७ बलमा शतक पुरा गरेका हुन् ।

भीमको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । साथै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने आठौँ खेलाडी बनेका छन् ।

यसअघि अनिल शाहले यसै खेलमा शतक बनाएका छन् भने पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले पनि एकदिवसीय शतक बनाएका छन् ।