|  

राष्ट्रपति पौडेलद्धारा गायिका मेनुका पौडेललाई सम्मान 

२९ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन् ।

पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउँदै देशका छोराछोरीले नै मेहनत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।