|  

कुरा गरे जस्तो काम हुँदैनः अर्थमन्त्री महत 

२९ माघ, काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोचे जस्तो लक्ष्य भेटाउन नसकेको स्वीकार गरेका छन् ।

सोमबार चालू आर्थिक वर्ष २०८० / ८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री महतले निर्धारण गरेका लक्ष्यहरु भेटाउन नसकेको स्वीकार गरेका हुन् । उनले भने, ‘कुरा गरे जस्तो काम हुँदैन । आर्थिक सुधारको विषय विस्तारै हुन्छ । अर्थतन्त्रलाई चुस्तदुरुस्त बनाउन अझै केही समय लाग्छ ।

समग्र अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएका छन् । यद्यपि हामीले सोचे जस्तो लक्ष्य भेटाउन सकेनौं । निधारण गरेका सूचकहरु आउन सकेनन् । बजेट व्यवस्थापनमा अझै चुनौती रहेको छ । बजेट पद्धतिलाई चुस्त बनाउन अझै केही समय लाग्छ ।’