|  

​​जनयुद्ध दिवसको अवसरमा गढी नगरपालिकाले दियो सार्वजनिक बिदा

२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको चौतारा-साँगाचोक गढी नगरपालिकाले भोलि फागुन १ गते सार्वजनिक बिदा दिएको छ । माओवादी ‘जनयुद्ध’ दिवसको अवसरमा नगरपालिकाले भोलिको लागि सार्वजनिक बिदा दिएको हो ।

नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सूचना मार्फत जनाएका छन् ।

सर्वोच्च अदालतले फागुन १ गतेको बिदा खारेज गरे पनि स्थानीय तहले आफूखुसी बिदा दिएका छन् । गृह मन्त्रालयले भने भोलि बिदा नभएको भन्दै सोमबार सूचना प्रकाशित गरेको थियो ।