|  

गगनको प्रस्तावमा देउवाको सहमति !

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् ।

अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्नेलगायत थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको स्रोतले जनाएको छ । महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६–७ घण्टा लामो छलफलपछि गगनको प्रस्तावमा देउवा सहमत भएका हुन् ।

बैठठक चल्दै गर्दा बालुवाटार पुगेर फर्किएपछि पनि देउवाले गठबन्धनको विषय नलेख्न आग्रह गरेका थिए । तर, थापा तयार भएनन् । थापाले  केन्द्रीय समिति फेस गर्छु भनेपछि देउवा गलेको स्रोतले जनाएको छ महामन्त्री आफ्नो अडानबाट पछि हट्नु भएन ।

भोटिङमा लाने कुरा आयो । बैठकमा सहभागी नेताहरूले भोटिङ गर्दा राम्रो सन्देश नजाने भनेपछि सभापतिज्यूले ल ठीक छ प्रस्ताव छाप्न पठाए हुन्छ भन्नुभयो, स्रोतले भन्यो।