|  

गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा राजनीतिक दलसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश

१३ फागुन, काठमाडौं । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन । उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभामा पेश गर्नुपरेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरुमा अध्यादेशले संशोधन गरेको र सो पश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेश गर्दछु ।’ उपप्रधानमन्त्री श्रेष्ठले पेश गरेको उक्त विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुनेछ ।