|  

रियलमी सी ५५ को मूल्य घट्योः १५ हजार ४ सय ९९ रुपैयाँ कायम 

०९ चैत, काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सी ५५ को मूल्य ६५ सय रुपैयाँ घटेको छ ।

६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । ५ हजार एमएचको ब्याट्री भएको फोनमा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । फोनले रिभर्स चार्जिङसमेत सपोर्ट गर्छ ।
मेडियाटेकको हेलियो जी ८८ चिपसेट भएको रियलमी सी ५५ मा अक्टाकोर प्रोसेसर छ । ६४ बिटको सीपीयू र १२ एनएमको चिपसेट भएकाले फोनको ब्याट्री लामो समयसम्म टिक्छ भने मोबाइल तातिने समस्या पनि कम हुन्छ ।
यसअघि २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ं सय ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य अहिले १५ हजार ४ सय ९९ रुपैयाँ कायम भएको हो ।