१४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर रहेका सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् ।
लामिछानेले आज युट्युब च्यानल ‘सन्दीप लामिछाने’ मार्फत् आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला’ सार्वजनिक गरेका हुन् ।
लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन्।