|  

एसइई परीक्षा आजदेखि सुरु 

१५ चैत, काठमाडौं ।  यसको वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ ।

एसइईको पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । आज देखि चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षामा देशभरका गरी १५ लाखभन्दाबढी परीक्षार्थी सहभागी हुँदैछन् । जसमा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने बताइएको छ ।

कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।परीक्षामा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ । उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक / एक र सबैभन्दा बढी काठमाडौंमा १ सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।