|  

सुरु भयो एसईई !

१५ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ ।

परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो। परीक्षा आजदेखि चैत २७ गतेसम्म चल्नेछ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । ८ बजेदेखि सुरु भएको परीक्षा बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् ।