|  

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

१५ चैत, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।