|  

फिल्म ‘सलिना’को प्रदर्शन स्थगित

१५ चैत, काठमाडौं ।  भोलि (शुक्रबार)बाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएको छ ।

निर्देशक तेजसराज जोशीले  चलचित्र घरले फिल्मलाई राम्रो र उपयुक्त शो नदिएको भन्दै फिल्मको प्रदर्शन स्थगित गरिएको बताए । नेपालमा पहिलोपटक एनिमेश फिल्म बनाएको बताउँदै हलले प्रोत्साहन गर्नुको साटो आफूहरुलाई शो नदिएर हेला गरेको जोशीले सुनाए । ‘सलिना’ नेपालमा बनेको पहिलो एनिमेटेड फिल्म हो ।रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको फिल्म निर्देशक तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् ।

शिव पुरी र श्रुति श्रेष्ठको  संयुक्त सम्पादन फिल्ममा छ । सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइँकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाशसिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारको रहेको छ ।

फिल्म विभिन्न एनिमेटेट पात्रहरुसँगको अन्तर्वार्ता सुरेश पौडेल, सुशील नेपाल, राज श्रेष्ठलगायतले लिएका छन् ।‘सलीना’को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो । असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा फिल्मको कथा आगाडि बढेको छ ।