|  

आरजु राणाले गराइन् थाइराइडको शल्यक्रिया

१५ चैत, काठमाडौं ।  नेपाली कांग्रेस सांसद डा.आरजु राणाको थाइराइडको शल्यक्रिया गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा ‘हाइपर थाइराइड’ को शल्यक्रिया गरिएको हो ।

राणाको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ । चिकित्सकको सल्लाहअनुसार राणाले दुई वर्षदेखि फलोअप उपचार गराउँदै आएकी छन्।