|  

आजको मन्त्रिपरिषद् बैठकले बढुवाका लागि सिफारिस तीन सचिवमध्ये १ जनाको बढुवा गर्दै

१५ चैत, काठमाडौं । प्रशासनतर्फको विशिष्ट श्रेणीको रिक्त एक सचिव पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरिएको छ ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अध्यक्ष रहेको सचिव बढुवा सिफारिस समितिले सहसचिवहरु डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौड्यालको नाम सिफारिस गरेको हो । आज अपरान्ह्  बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई सचिव बढुवा गर्नेछ । बरीयता नमिची बढुवा भए लम्साल सचिवमा बढुवा हुनेछन् ।