|  

याडिया ब्रान्डको विद्युतीय स्कुटर नेपाली बजारमा

१५ चैत, काठमाडौं ।   याडिया जी सिक्स ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक समारोहमा याडियाका लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया जीसिक्स (Yadea G6) स्कुटर सार्वजनिक गरेको हो । प्रतिघण्टा ६० किलोमिटर टप स्पिड भएको यस स्कुटरमा टीटीएफएआर मोटर समावेश छ । यसको उच्चतम पावर तीन हजार वाट रहेको छ ।

यसले एक पटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेञ्ज दिने कम्पनीको दाबी छ । ब्याट्रीको सन्दर्भमा यसमा ग्रेफिन ब्याट्री टीटीएफएआर थर्ड जेनेरेसन राखिएको छ । ७२ भोल्ट भोल्टेज रहेको यस ब्याट्रीको क्षमता ३८ एम्पिएर आवर रहेको छ । याडिया जीसिक्सको अगाडि र पछाडि दुवै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसलाई फुल चार्ज गर्न छ देखि सात घण्टा लाग्छ ।

यसमा १२ इन्चको आल्मुनियम ह्विल रहेको छ । जसको बेस १२७० एमएम छ । यसमा १७९० एमएम लम्बाइ, ७३५ एमएम चौडाइ र १२२० एमएम उचाइ रहेको छ । यसमा ३० लिटरको बुटस्पेस रहेको छ । यसको ब्याट्री र मोटरमा कम्पनीले दुई वर्ष वा २० हजार किलोमिटर वारेन्टी दिने जनाएको छ । यसको मूल्य दुई लाख ६० हजार रुपैयाँ राखिएको छ ।