|  

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाइन राजिनामा पत्र

१५ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्ष नारायण प्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी छन् ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन । नयाँ सत्ता गठबन्धनबाट उपाध्यक्ष पद एकीकृत समाजवादीले पाउन सक्ने अनुमान गरिएको छ ।