|  

निर्णायक भुमिकामा रहेको हानेपाबाट संस्कृति मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेल 

१५ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन । यो पार्टीले गत ९ चैतमा सरकारलाई सदस्यको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर समर्थन फिर्ता लिने निर्णय गरेको यो पार्टीका बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन । २ सिट भए पनि बागमती प्रदेशसभामा यो पार्टीको भूमिका निर्णायक छ । यदि हानेपा सरकारमा सहभागी भए अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ ।