|  

सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन जारी

१५ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन नगर्न निर्देशन जारी गरेको छ ।

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र जारी गरेको हो । यसअघि प्रहरीहरू सूचना संकलनका लागि सादा पोशाकमा परिचालन हुँदै आएका थिए ।