१६ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले एक सूचना जारी देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै उक्त रकम तत्काल तिर्न भनेको हो ।
साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ ।