|  

मुख्यमन्त्री केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

१६ चैत, काठमाडौं ।  भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले हिजो केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चारदिन मात्रै समय थप गरेको छ ।

ईडीले केजरीवाललाई मदिरा घोटाला प्रकरणमा  एक हप्ताअघि उनकै निवासबाट पक्राउ गरेको थियो ।त्यसपछि उनलाई गएको शुक्रबार अदालतमा पेस गरिएको थियो ।