|  

न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु 

१६ चैत, काठमाडौं ।  न्यूजिल्याण्डमा सवारी दुर्घटनामा परी एक जना नेपाली युवकको मृत्यु भएको छ ।

गत शुक्रबार धनुषाको शहिदनगर नगरपालिका घर भएका ३३ वर्षीय सुरेन्द्र सर्वरियाको काममा जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएको स्रोतले जनाएको छ ।

उनको शव अहिले अस्पातलमा रहेको र नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको पाण्डेको भनाइ छ । एनआरएनए न्यूजिल्याण्डले उनको शव नेपाल पठाउन १८ हजार डलर लाग्ने जनाएको छ । त्यसका लागि रकम अभाव भएकोले सहयोगको अपिल समेत गरेको छ।