|  

त्रिशूली दुर्घटना अपडेटः काठमाडौंबाट बुवाको दाहसंस्कार गरेर फर्किँदै थिए त्रिशुलीमा खसेका परिवार

१७ चैत, काठमाडौं ।  काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खसेर मृत्यु भएका पाँच जना मलामी गएर फर्कदै गरेको खुलेको छ ।

दुर्घटनामा परी मृत्यु भएका पाँचै जना काठमाडौंबाट बुबाको दाहसंस्कार गरी फर्कदै थिए । पशुपति आर्यघाटमा बुबाको अन्तिम संस्कार गरेर क्रिया बस्नको लागि गोरखा फर्कँदै गर्दा  दर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो  । आज बिहान इच्छाकामना गाउँपालिका–५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो ।

मृतक मध्ये ४ जना एकैपरिवारका हुन् । मृत्यु हुनेमा गोरखा नगरपालिका ७ का ४१ वर्षका हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । १८ वर्षका दिवस रोकाए भने त्रिशुली नदीमा हराइरहेका छन् । उनीहरु एकै परिवारका भएको खुलेको छ ।