|  

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज २ घण्टा विद्युत आपूर्ति बन्द हुने

१७ चैत, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज २ घण्टासम्म विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंमा बाँसबारी, महाराजगञ्ज, मन्डिखाटार, गोल्फुटार लगायत महाराजगञ्ज वितरण केन्द्रको मन्डिखाटार महाराजगंज फिडर १ अन्तर्गत पर्ने स्थानहरूमा २ घन्टा बिजुली काटिने छ । ट्रान्सफर्मर अपग्रेडलगायतका काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म त्यस फिडरअन्तर्गतका क्षेत्रमा बिजुली काटिने प्राधिकरणले जनाएको छ ।

त्यस्तै लगनखेल वितरण केन्द्रको जावलाखेल फिडर अन्तर्गत पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, ए.भी.एम चोक लगायतका क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ । विद्युत् कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले लाइन सटडाउन गर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ।