|  

प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

१७ चैत, काठमाडौं ।   सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने भएका हुन् ।

संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन् ।