|  

फिल्म ‘बद्रीबहादुर’ को गीत ‘मेरो जीवनको’ सार्वजनिक

१९ चैत, काठमाडौ ।  शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्रीबहादुर’ को गीत ‘मेरो जीवनको’ सार्वजनिक भएको छ ।

कमेडी फ्लेवरमा तयार पारिएको गीतको भिडियोमा प्रमुख कलाकार जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन्। आगामी २३ गते रिलिज हुने फिल्मको गीतमा उजन नेम्वाङको स्वर, शब्द र संगीत छ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन्।