|  

आमाको हत्या आरोपमा छोरा पक्राउ

१९ चैत, काठमाडौ । मकवानपुरमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाल पक्राउ परेका हुन् । गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् ।

इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि  शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा २६ वर्षीय मिलन गमालले नै घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।