|  

चोरीको ट्याक्टर बेच्‍न भारत लैजादै गर्दा एकजना पक्राउ

१९ चैत, काठमाडौ ।  झापामा ट्याक्टर चोरीमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान होम थपलियाले आफ्नै घरअगाडि पार्किङ गरिराखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोही दिन दिउँसो साढे ११ बजे गौरादह नगरपालिका-९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लाँदै गरेको अवस्थामा ट्याक्टर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।