|  

सुनको मूल्यमा नयाँ रेकर्ड,  प्रतितोला १ लाख ३१ हजार ६ सय

१९ चैत, काठमाडौ । साताको कारोबारको दोस्रो दिन आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा  १ हजार ६ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ ।