|  

सेयर बजारमा सामान्य अंकको गिरावट,  २ अर्ब ८७ करोडको कारोबार

१९ चैत, काठमाडौ । आज सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक ६ दशलमव २६ अंकले घटेर २,०१२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको सेयर मूल्य घटेको छ ।

३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको ११ करोडमाथिको सेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।