|  

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए ३ रनले विजयी

१९ चैत, काठमाडौँ । नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो ।

तीन खेलको टी-२० शृंखला भने आयरल्यान्डले २-१ ले जित्यो । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् ।

त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।