|  

स्मार्टफोन साओमी १४ नेपाली बजारमा, मूल्य १ लाख रुपैयाँ

१९ चैत, काठमाडौं । साओमीले आफ्नो​ फ्ल्यागशिप स्मार्टफोन साओमी १४ नेपाली बजारमा ल्याएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता साओमीले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै लाइका लेन्ससहितको ट्रिपल ५० मेगापिक्सेल रियर क्यामेरा सिस्टम भएको साओमी १४ उपलब्ध गराएको हो । यो फोन १२ जीबी ¥याम र ५ सय १२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा खरिद गर्न सकिने छ । कम्पनीले नेपाली बजारमा यस भेरियन्टको मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार ग्राहकले यो फोन ब्ल्याक, ह्वाइट र जेड ग्रिन कलरमा खरिद गर्न सक्नेछन् ।

योसँगै कम्पनीले साओमी ‘प्रायोरिटी क्लब’ पनि घोषणा गरेको छ । विशेषगरी साओमी १४ प्रयोगकर्ताका लागि यो परियोजना ल्याएको कम्पनीले जनाएको छ । साओमी प्रायोरिटी क्लबका सदस्यले छ महिना अतिरिक्त वारेन्टी पाउनेछन्म भने एक पटक निःशुल्क स्क्रिन रिप्लेस गर्न पाउनेछन । तर, त्यसका लागि फोन खरिद गरेको छ महिनासम्म मात्र ग्राहकले यो सेवा पाउनेछन । त्यस्तै फोन खरिद गरेको २४ महिनासम्म ग्राहकले फोन निःशुल्क मर्मत गराउन पाउनेछन् ।