२० चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जसका कारण देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज दिउँसो, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी र गण्डकीको पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातसमेत हुनेछ । आज राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना पनि रहेको छ।