|  

त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण खेलमा नेपालले आज बरोडासँग खेल्दै

२० चैत, काठमाडौं ।   त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण खेलमा नेपालले आज बरोडासँग खेल्दैछ ।

खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । भोलि नेपाल र गुजरात तथा शुक्रबार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।