|  

यस वर्षको एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

२० चैत, काठमाडौं ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् ।

प्रवेशपत्र लिएकामध्ये परीक्षामा चार लाख ७० हजारको हाराहारीमा मात्रै उपस्थित भएका स्रोतले जनाएको छ ।