२० चैत, काठमाडौं । धनकुटामा एक नवजात शिशुको शव फेला परेको छ ।
महालक्ष्मी नगरपालिका-९ स्थित सिधुवा–जितपुरको भित्री सडक छेउमा करिब पाँच महिनाको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबासीले सोमबार अपराह्न शव फेला पारि प्रहरीलाई खबर गरेका थिए ।
हाल शवलाई जिल्ला अस्पताल धनकुटामा राखिएको छ । शिशुका आफन्तको खोजी कार्य भइरहे पनि हालसम्म सम्बन्धित व्यक्ति फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।